![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई ३(० गोल अन्तरले पराजित गरेको हो ।
बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए । नेपालले तिनै गोल पहिलो हाफमा खाएको थियो । दोस्रो हाफ भने गोलरहित सकिएको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
यो जितसहित बहराइनले दुवै खेलमा नेपालमाथि जित हासिल गर्दै समुह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाल भने चार खेलमा सबै खेलमा हार बेहोरेर अंकविहिन हुदै पुछारमा रहेको छ । यस समुहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
अब नेपालले विश्वकप् छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ ।