Aamsanchar

आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्ने

Author Image
बुधवार, चैत १४, २०८०

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल हैदराबादमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि शुरु हुनेछ ।

यसअघिको पहिलो खेलमा मुम्बई गुजरात टाइटन्ससँग र हैदराबाद कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । सनराइजर्स हैदराबादको कप्तान अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र मुम्बईको हार्दिक पाण्डेय छन् ।

गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्सले गुजरातलाई ६३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)