Aamsanchar

तेस्रो ओलम्पियन्स पुनर्मिलन सुनसरीस्थित इटहरीमा हुने

Author Image
बिहिवार, चैत १५, २०८०

इलाम – तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट सेलिब्रेटी मिट– २०२४ कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा हुने भएको छ। कार्यक्रमका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव हंशराज वाग्ले र ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार खेलकुद विकास बोर्ड कार्यक्रमको आयोजक रहनेछ भने ओलम्पियन्स संघले कार्यक्रमको संयोजन गर्नेछ। कार्यक्रम २०८१ वैशाख २० गते हुनेछ। देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष विष्टले बताए।

कार्यक्रमका दिन बिहान वाकाथन हुनेछ। वाकाथनमा कोशी प्रदेशमा रहेका खेलाडी र ओलम्पियन लगायतको सहभागिता रहनेछ।

वाकाथनपछि त्यसै दिन एक भव्‍य समारोहबीच १९८८ को सिओल ओलम्पिकमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिनेछ। १९८८ को सिओल ओलम्पिकमै तेक्वान्दोका विधान लामाले प्रदर्शनी खेलमा कांस्य पदक जितेका थिए।

लामा पनि अमेरिकाबाट नेपाल आउने अध्यक्ष विष्टले जानकारी गराए। ओलम्पियन्स संघले विगतका दुई संस्करणमा १९६४ देखि १९८४ का दौरान भएका विभिन्न ५ संस्करणमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिसकेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो प्रदेशमा ओलम्यिनहरुको पुनर्मिलन कार्यक्रम हुनु खुशीको कुरा भएको बताउदै ओलम्पियनहरुलाई स्वागत गर्न आतुर रहेको बताए। सदस्य–सचिव वाग्लेले ओलम्पियनहरुको पुनर्मिलन कार्यक्रमले कोशी प्रदेशका खेलाडीमा उत्साह थपिने बताउँदै प्रदेशको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

विष्टका अनुसार यो पटकको कार्यक्रमको नयाँ पक्ष भनेको विदेशी ओलम्पियनका साथै विदेशमा रहेका नेपाली ओलम्पियनको पनि कार्यक्रममा सहभागिता रहने छ। कार्यक्रमको पहिलो संस्करण काठमाडौं तथा दोस्रो गत वर्ष पोखरामा भएको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर