Aamsanchar

बमकाे शतकका वाबजुत आयरल्याण्ड ए सँग नेपाल ए पराजित

Author Image
शुक्रवार, चैत १६, २०८०

काठमाडौँ – लोकेश बमले धुवाँधार ब्याटिङ गर्दै शतक प्रहार गरे पनि नेपाल ए लाई तीन टी–२० खेलको शृंखलाअन्तर्गत आज (शुक्रवार)भएको पहिलो खेलमा आयरल्याण्ड ए सँगको हार टरेन।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ए ले दिएको २२३ रनको लक्ष्य पूरा गर्न असफल हुँदै नेपालले १९ ओभर ३ बलमा अल आउट हुँदै २०१ रनमात्र स्कोर गरेपछि २१ रनको पराजय बेहोर्नु परेको हो।

नेपालका लागि लोकेशले सर्वाधिक १०६ रनको पारी खेले। ५६ बलको मात्र सामना गरेका उनले ८ छक्का र ९ चौका प्रहार गरे।

आरिफ शेख १ रनले अर्धशतक बनाउन चुके। उनले ४९ रन बनाए। नेपाल ए का कप्तान विनोद भण्डारीले १६ रन बनाए। देव खनाल गोल्डेन डक आउट भए।

नेपालका बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। देवबाहेक राशिद खान‚ कमलसिंह ऐरी र हेमन्त धामी कुनै रन नबनाइ आउट भए।

एक समय १५ ओभर ५ बलमा ३ विकेटमात्र गुमाएर १८८ रन जोडेको नेपालले खेलमा बलियो पकड बनाएको भए पनि १६औँ ओभरको अन्तिम बलमा लोकेश बम चौथो विकेटका रुपमा आउट भएपछि नेपालले नियमित अन्तरालमा विकेट गुमाउँदै गयो र अन्ततः पराजित भयो।

नेपाललाई खेल जित्न अन्तिमका ३ ओभरमा ३० रन चाहिएको थियो तर १८औँ ओभरको दोस्रो बलमा आरिफ शेख म्याथ्यु हम्फ्रीको बलमा टमस मेयरबाट क्याच आउट भएपछि आयरल्याण्ड ए खेलमा फर्किएको थियो।

नेपालले ७ रन थप्दा किरण ठगुन्ना २ र बसिर अहमदलाई ३ रनमा गुमायो। सागर ढकाल १ रनमा अविजित रहे। नेपालले १ रन भने अतिरिक्त आएको थियो।

आयरल्याण्डका लागि फियोन ह्यान्ड र म्याथ्यु हम्फ्रिजले ३र३ विकेट लिए भने म्याथ्यु फोस्टरले २ विकेट र टमस माएस र गेभिन होले १र१ विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा तानिएको आयरल्याण्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो।

आयरल्याण्ड ए का लागि पिटर मुरले सर्वाधिक ४९ रनको योगदान गरे। कप्तान नील रक र केड कार्माइकलले ३८र३८ तथा स्टिफन डोहनीले ३४ रन जोड्दा गारेथ डेलानीले अविजित ३० रन जोडे।

नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट लिए भने सागर ढकाल र आरिफ शेखले १/१ विकेट लिए।

​आजको खेलमा जितसँगै आयरल्याण्ड ए ले ३ खेलको शृंखलामा १–० को अग्रता बनाएको छ।

दोस्रो खेल भोलि ९शनिवार० हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर