काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको टी–२० सिरिज एक खेल अघि नै जितेको छ । शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४० रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २–० ले जितेको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको नेपाल ए ले १७.५ ओभरमा अल आउट हदै १८४ रन बनाएको थियो ।
नेपालका लागि सर्बाधिक रन देव खनालले बनाए । देव २५ बलमा ४७ रन बनाएर आउट भए । त्यस्तै बसिर अहमदले २७ रन बनाए भने कप्तान विनोद भण्डारीले २६, लोकेश बमले २५, आरिफ सेखले १४, पवन सराफले १० रन बनाए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ३ विकेट लिए भने फिओन हान्ड र थोमस मायेसले २–२ तथा माथ्यु फोस्टर र ग्यारेथ डेलानीले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ६ विकेट गुमाउदै २२४ रन बनाएको हो ।
आयरल्याण्ड वोल्भ्सका लागि कप्तान निल रकले सर्बाधिक ७१ रन बनाएका थिए भने पिटर मूरले सर्बाधिक ६५ रन बनाएका थिए । त्यसैगरी जेम्स म्याकोलमले २६, फिओन हान्डले १९, रोज अदैरले १७ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सागर ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका थिए ।
यस अघि शुक्रबार सम्पन्न खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरको थियो । योसँगै आयरल्याण्ड वोल्भ्सले तीन खेलको सिरिजमा २–० को अग्रता हासिल गरको छ र सिरिज जितेको पनि छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ ।