Aamsanchar

नेपालले आज गुजरातसँग खेल्दै

Author Image
आइतवार, चैत १८, २०८०

काठमाडौं – नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ।

नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ। खेल दिउँसो सवा एक बजे शुरु हुनेछ। नेपाल र बरोडा मंगलबार खेल्नेछन्। चैत्र २१ मा नेपाल र गुजरात तथा चैत्र २३ मा नेपाल र बारोडाबिच खेल हुनेछ।

फाइनल खेल चैत्र २५ गते हुनेछ। यसअघि नेपाल क्रिकेट संघले यो खेलका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ।

नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।

नेपाल त्यहीँबाटै ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जानेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर