Aamsanchar

त्रिभुवन आर्मीलाई हराउँदै चर्च ब्वाइजले जित्यो इटहरी गोल्डकपकाे उपाधि

Author Image
आइतवार, चैत १८, २०८०

इटहरी – अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाण्डौको चर्च ब्वाइज युनाइटेडले जितेको छ । सुनसरीको इटहरी रङ्गशालामा हिजो बेलुका भएको खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।

चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले खेलको चौथो मिनेटमा गरेको गोल नै निर्णायक भयो । चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख तथा उपविजेता आर्मीले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । गएको चैत १० गतेदेखि शुरु भएको प्रतियोगितामा एक भारतीयसहित स्वदेशी आठ समूहले भाग लिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर