Aamsanchar

एरिका गुरुङलाई यूएस ओपन अन्तर्राष्ट्रिय करातेमा स्वर्ण

Author Image
सोमवार, चैत १९, २०८०

काटमाडौं – नेपालले युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितको छ।

नेपालकी कराते स्टार एरिका गुरुङले अमेरिकाको‌ टेक्ससमा जारी प्रतियोगितामा यू–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी थिइन्।

चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका युएस ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि (सिनियर) खुलातर्फ पनि फाइनलमा पुगेकी छन्।

नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित भए। चार सदस्यीय नेपाली कराते टोलीका प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर