Aamsanchar

आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स खेल्दै

Author Image
सोमवार, चैत १९, २०८०

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल मुम्बईको वानखेडे स्टेडियममा बेलुका पौने ८ बजे शुरु हुनेछ ।

यसअघि पाँच पटकको विजेता मुम्बईले आफ्नो शुरुवाती दुवै खेल हारेको छ । राजस्थानले शुरुवाती दुवै खेल जितेको छ । राजस्थान ४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ भने अङ्कविहीन मुम्बई नवौँ स्थानमा छ ।

मुम्बई र राजस्थानबीच आईपीएलमा २८ वटा खेल भएको छ । जसमा मुम्बई १५ र राजस्थान १२ खेलमा विजयी भएको छ । १ खेल नतिजाविहीन भएको छ । मुम्बईले पाँचौँ पटक उपाधि जित्दा राजस्थानले एक पटक विजेता बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर