Aamsanchar

आज रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्टस् खेल्दै

Author Image
मङ्गलवार, चैत २०, २०८०

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ ।

यो सिजन बेंगलुरुले ३ खेलमा दुई हार ब्यहोरेको छ भने लखनउले २ खेल खेल्दा एकमा जित र अर्कोमा पराजित भएको छ । बेंगलुरु चेन्नई र कोलकातासँग पराजित हुँदा पञ्जावलाई हराएको थियो । त्यस्तै लखनउ राजस्थानसँग हारेको थियो । उसले पञ्जावलाई हराएको थियो । लखनउ अङ्क तालिकाको छैठौँ र बेंगलुरु नवौँ स्थानमा छ ।

गएराति भएको खेलमा मुम्बई इन्डियन्स्ले लगातार तेस्रो हार ब्यहोरेको छ । राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हरायो । पाँच पटकको उपाधि विजेता टोली मुम्बईले यो सिजनमा लगातार तेस्रो हार ब्यहोर्दा राजस्थानले लगातार तेस्रो जित निकालेको छ । उसको ३ खेलमा ६ अङ्क छ । राजस्थान तालिकाको शीर्ष स्थानमा छ । मुम्बई पुछारमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर