Aamsanchar

नेपालले बाराेडालाई दियाे १५७ रनको लक्ष्य

Author Image
मङ्गलवार, चैत २०, २०८०

काठमाडौँ – एसएमएस फ्रेन्डशिप कपअन्तर्गत त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र भारतको स्थानीय क्लब बरोडा क्लबविरुद्धको खेलमा नेपालले ६ विकेट गुमाएर १५६ रन बनाउँदै जितका लागि १५७ रनको लक्ष्य दिएको छ।

मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा भइरहेको खेलमा टस जितेको बरोडाले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको छ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक व्यक्तिगत स्कोर ४० रन बनाए भने अनिल साहले २५ रन बनाए।

नेपालको शुरुवात सशक्त रहेन। ओपनर कुशल भुर्तेल ११ बलमा ९ रन बनाएर आउट भए भने अर्का ओपनर आसिफ शेख पनि १२ बलमा ९ रन बनाएर आउट भए।

ओपनर ब्याट्सम्यान चाँडै आउट भएपछि दबाबमा परेको नेपालका लागि अनिल साहले २७ बलमा २५ रन र कप्तान रोहित पौडेलले १३ बलमा १८ रन बनाए। रोहित दोस्रो रन लिने चक्करमा आउट भए।

सन्दिप जोराले १६ बलमा २९ रन बनाएर रन आउट भए। गुलशन झाले १४ बलमा १३ रन बनाए।

कुशल मल्लले अविजित रहँदै २५ बलमा ४० रन बनाए भने अविजित रहेका दीपेन्द्रसिंह ऐरीले ५ बलमा ५ रन बनाए। नेपालले अतिरिक्त ८ रन पायो।

बरोडाका लागि पेसर बाबा खानले २ विकेट‚ मोहित मोंगिया र परीक्षित पटेलले १र१ विकेट लिए।

नेपाल आज लगातार दोस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। पहिलो खेलमा नेपालले गुजरातलाई हराएको थियो।

पहिलो खेलमा गुजरातसँग पराजित भएको बरोडा आज पहिलो जितको खोजीमा छ।

नेपाल, गुजरात र बरोडा सहभागी त्रिकोणात्मक टी–२० सिरिज डबल राउण्ड रोबिनमा भइरहेको छ।

प्रतियोगिताका शीर्ष दुई टोलीले चैत २५ गते फाइनल खेल्नेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर