Aamsanchar

सहारा साकोसको २९ औं दिवस जीवन दर्शन लक्षित 

Author Image
बुधवार, चैत २१, २०८०

बिर्तामोड ।  सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दुई दिवसीय जीवन बदल्ने कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कै नम्बर १ मा पर्न सफल बनेको साकोसले २९ औं स्थापना दिवसको अवसरमा आज बिर्तामोडमा दिवस मनाउँदै जीवन बदल्ने कार्यक्रम आयोजना गरेको हो ।

मनोक्रान्ति अभियानका पथप्रदर्शक डा.योगी बिकासानन्दले जीवन बदल्ने सूत्रको बारेमा प्रवचन दिएका छन् । आज एक औपचारिक कार्यक्रम आयोजना गरेर उद्घाटन भएको कार्यक्रममा  सहारा नेपालको इतिहास झल्कने फोटो प्रदर्शनी पनि गरिएको थियो । भोलि युवा लक्षित सुपर लर्निङ, तनाव व्यवस्थापन र स्वास्थ्य शिविर सञ्चालन हुने संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

कार्यक्रममा आफ्नो प्रवचन अघि डा। योगीले  स्थापनाको शुभकामना दिदै सहारा नेपाल सहकारीहरूको विश्व विद्यालय भएको बताएका थिए । उनले सहाराले गर्ने कार्य, तौरतरिका तथा व्यवस्थापन सबै सहकारीले अवलम्बन गर्नु पर्नेमा जोड दिए ।

साकोसका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आज भएको उद्घाटन कार्यक्रममा पूर्व उपउप्रधानमन्त्री तथा प्रतिनिधि सांसद प्रकाशमान सिंहको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थाको प्रतिवेदन प्रस्तुत साथै वस्तुस्थिति र आगामी कार्ययोजनाका विषयमा जानकारी प्रमुख कार्यकारी अधिकृत गिरीले प्रष्ट पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि सिंह, नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवे, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य झलकसिंह दर्लामी ९सन्देश०, राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

कार्यक्रममा साकोसका सदस्य, कर्मचारी, स्थानीय सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर