Aamsanchar

चैती छठ सम्पन्न

Author Image
सोमवार, वैशाख ३, २०८१

काठमाण्डौ – मिथिला क्षेत्रमा बिहान उदाउँदो सूर्यलाई अर्ध्य (अर्घ) दिएसँगै वासन्ती अर्थात चैती छठ सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन अर्थात शनिवार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्ध्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।

मिथिला क्षेत्रमा आजको सूर्योदय बिहान ५ बजेर ४१ मिनेटमा भएको हो । यसअघि व्रतालु सूर्योदय हुनु एक घडि पूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए । छठ पर्व शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइन्छ । तर शरद ऋतुको छठ बढी प्रचलित छ । छठ सूर्य उपासनाको पर्व हो ।

आज सकिएको छठ २०८० को भए पनि यसपालि सौरमास गणनाले २०८१ सालमा परेको हो । छठ व्रतको प्रभावले दुःख, दरिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकांक्षा पूरा हुने मैथिल जनविश्वास छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर