Aamsanchar

कांग्रेस महामन्त्री शर्माले भने : पहिचान र प्रगति इलाममा कांग्रेसको मुद्दा

Author Image
आइतवार, वैशाख ९, २०८१

इलाम – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले परिवर्तन, पहिचान र प्रगति इलाममा कांग्रेसको मुद्दा भएको बताएका छन्। इलाम क्षेत्र-२ मा वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्यको उप निर्वाचन लक्षित चुनावी सभालाई इलामको लाकुरी चौतारामा सम्बोधन गर्दै शर्माले सो कुरा बताएका हुन्।

शर्माले कांग्रेसले सबैको पहिचान रक्षाका लागि लडिरहेको दाबी गरे। पहिचानको विषयमा कांग्रेस विनम्रताका साथ सुनेर समाधानको पक्षमा रहेको बताए। उनले भने, ´पहिचनाको पक्षमा कांग्रेसलाई भरोसा गर्न आग्रह गर्दछु।’

उनले सहकारी ठगीको विषयमा गृह मन्त्रालयसँग सम्बन्धित नभएर सर्वसाधारणमाथि भएको ठगीको विषय भएको बताए। उनले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाउन गृहमन्त्री रवि लामिछाने बाधक भएको बताए।

 

उनले अघिल्लो निर्वाचनको वाचा सम्झिएर कांग्रेसको उम्मेदवारलाई मतदान गर्न माओवादीलाई आग्रह गरे। उनले इलाममा विद्युतीकरण, सडकलगायतका क्षेत्रमा भएको विकासमा कांग्रेसले योगदान गरेको सविस्तार बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर