Aamsanchar

बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला, घटना शङ्कास्पद देखिएकाले कुकुरसहितको टोली मगाइयाे

Author Image
बुधवार, वैशाख २६, २०८१

झापा – झापाको बिर्तामोडमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । बिर्तामोड नगरपालिका–४ निवासी ६८ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान घरभित्रै मृत फेला परेकी हुन् ।घटना शङ्कास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । एसपी केसी आफै घटनास्थल पुगेका छन् । ‘प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ,’एसपी केसीले भने, ‘घटना शङ्कास्पद देखिएको हो,अहिले नै हत्या भएको वा नभएको भन्ने अवस्था छैन ।’

कुकुर आएपछि घटना बारेमा पत्ता लाग्ने उनको भनाइ छ । स्थानीयका अनुसार मंगलबार राति गाउँमा चोर आएको थियो । गाउँलेले चोर आएको थाहा पाएपछि लखेटेका थिए । त्यही चोरले एक्लै बस्दै आएकी वृद्धालाई मारेको हो कि भन्ने आशंका स्थानीयको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर