Aamsanchar

माई खोलामा पौडी खेल्न गएका दुई बालकको डुबेर मृ*त्यु

Author Image
शुक्रवार, जेठ ११, २०८१

इलाम-माई खोलामा पौडी खेल्न गएका माइ नगरपालिका – ८ का दुई बालकको खोलामा डुबेर ज्यान गएको छ ।

विक्रम लिम्बूका छोरा ११ वर्षीय मिङसुहाङ लिम्बू सोही स्थानका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी ८/९ वर्षीय किस्मन आङदेम्वेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पानीमा फेला परेका मिङसुहाङलाई उद्धार गरि स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार संम्भव नभएपछि थप उपचारका लागि विएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी सँगै पौडी खेल्न गएका अर्का बालक किस्मनलाई भने खोजी गर्नेक्रममा इलामको घिरलिङ भन्ने ठाउँमा पानीमा मृत अवस्थामा भेटिएको प्रहरीले डिएसपी प्रकाश जबेगूले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर