कनकाई । झापाको कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषण गर्ने तयारी गरिएको छ । हिजो १७औं नगर सभाअन्तर्गत सम्पन्न पहिलो बैठकले बालमैत्री नगर षोषणा गरेर कार्यनयमा लागने निर्णय गरेको हो ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरलाई बालमैत्री नगरपालिका घोषणाको तयारी अन्तिम चरणमा रहेको जानकारी दिए। नगरपालिकाको स्थापना दिवसको अवसर पारेर आगामी २०८२ बैशाख २५ गते कनकाई नगरलाई बालमैत्री घोषणा गरिने उनले बताए।
नगरपालिकाको सभाहलमा सोमबार सम्पन्न बैठकमा आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमबारे छलफल गरिएको थियो।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा आर्थिक वर्ष २०८१/८२ का कुनै संशोधित योजना तथा रकमान्तर भए प्रस्तुत गर्न समय दिइएको थियो। तर, कुनै पनि वडाबाट त्यस्ता योजना नआएपछि अन्य विषयहरूमा छलफल गरिएको थियो।

त्यसैगरी, प्रमुख पोखरेलले झापाको कनकाई नगरपालिकामा मङ्गलबार २२ गते देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने जानकारी गराए । उनले यस अभियानमा सबै पक्षलाई सहजीकरण गर्न अनुरोध गरेका छन् । नगरको तथ्याङक अनुसार कनकाई नगर क्षेत्रमा ३ हजार ९९ जना किशोरीहरु रहेका छन् ।

नगर प्रमुखले लक्ष्य अनुसारको राजस्व सङ्कलन र संघीय तथा प्रदेश सरकारबाट आउने रकम ४० प्रतिशत मात्र प्राप्त भएकाले प्रयाप्त काम हुन नसकेको स्वीकार गरेका छन् । उनले नगरबासीहरूको साथ र सहयोग बिना कुनै पनि योजना सफल नहुने उल्लेख पनि गरे।


नगर सभामा उठाइएका विषयहरू
नगर सभामा आर्थिक वर्षमा हरेक वडा तथा नगरमा भएका प्रगतिबारे विवरण प्रस्तुत गरियो। बैठकमा वडा नं। ६ का अध्यक्ष लक्ष्मीप्रसाद ओली, कार्यपालिका सदस्य नवलकिशोर दत्तलगायतले विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।
बैठकमा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, वडा नं.१ का अध्यक्ष शुशिलकुमार पोखरेल, वडा नं. २ का अध्यक्ष बलराम राई, वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं, वडा नं. ४ का अध्यक्ष रोशन सुवेदी, वडा नं.५ का अध्यक्ष तथा नगर प्रवक्ता कृष्णबहादुर राई, वडा नं.६ का अध्यक्ष लक्ष्मीप्रसाद ओली, वडा नं.७ का अध्यक्ष भीष्मभूषण सिटौला, वडा नं. ८ का अध्यक्ष लीलाबहादुर कटुवाल, वडा नं. ९ का अध्यक्ष राजेन्द्रप्रसाद उप्रेती तथा अन्य कार्यपालिका सदस्य, वडा सदस्यहरू, विभिन्न शाखाका प्रमुख, नगर प्रहरी तथा कर्मचारीहरू सहभागी थिए।
बैठकको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले गरेका थिए ।