




काठमाडौं – पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो क्वार्टरफाइनल खेल हुँदैछ। थ्रीस्टार र मछिन्द्र क्लबबीच हुने दोस्रो क्वार्टरफाइनल खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुने आयोजक साहरा क्लबले जनाएको छ।

मछिन्द्र क्लबले पूर्वविजेता टोली एपीएफलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने थ्रीस्टारले सिधै क्वार्टरफाइनल खेल्न लागेको हो। आजको विजेता टोलीले सेमिफाइनलमा भारतको थन्डरबोल्ट नर्थ युनाईटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


थन्डरबोल्टले संकटा क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउँदा ब्ल्याक बुल्सले भने सिधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो। यसअघि हिजो भएको खेलमा युकेको ब्रिगेड ब्वाईज क्लबलाई २–० गोलले पराजित गर्दै पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 98