Aamsanchar

रिडर्स झापाको पाँचौँ संस्करण कला साहित्य उत्सव सम्पन्न

Author Image
शुक्रवार, फागुन १६, २०८१

मेचीनगर ।  रिडर्स झापाको आयोजनामा देही आर्टस् र परिवर्तन थिएटरको  सहकार्यमा कला साहित्य उत्सव २०८१ को पाँचौँ  संस्करण काँकरभिट्टामा सम्पन्न भएको छ।

आयोजकले पाँचौँ  संस्करणलाई पर्यावरण विमर्शको रुपमा मनाएको छ। कार्यक्रम फागुन १४-१६ गते तीन दिनसम्म चलेको थियो। पहिलो दिनको सुरुवात पर्यावरण सङ्कट र नेपाल शीर्षकमा डा. उत्तमबाबु श्रेष्ठबाट की नोट स्पिच आएको थियो भने डा.अर्चना थापा, वसन्त बस्नेत लगायतका वक्ताले साहित्यमा मान्छेको आधिपत्यमा आफ्नो राय हरु राख्नु भएको थियो भने संरक्षण कसले ? समुदाय कि सरकार ? भन्ने विषयमा राम कार्की, वीरेन्द्र महतो लगायतका वक्ताले विचार विमर्श गर्नु भएको थियो त्यस्तै सिर्जनाको प्रकृतिमा मीन भाम, देवाशिस मोथे लगायत वक्ताले आफ्नो राय प्रस्तुत गर्नु भएको थियो। दोस्रो दिनको मुख्य आकर्षणका रुपमा वन्यजन्तुको तस्विर सम्बन्धी शङ्कर लुइँटेलको प्रस्तुति रह्यो भने चराहरूको तस्विर सम्बन्धनमा देवेन खरेलको प्रस्तुति रहेको थियो।

राजनीतिको पर्यावरणका विषयमा सुमना श्रेष्ठ, उषाकिरण तिमल्सेना, मानुषी यमी भट्टराईले विचार विमर्श गरे साथै तेस्रो दिनको प्रारम्भ पर्यावरण : चिन्तनको मियोमा भारतीय पर्यावरणीय अभियन्ता सोनम वाङचुकले भिडियो संवाद गरे।

त्यस्तै पर्यापर्यटन : सम्भावनाको सागरका विषयमा नेपाल पर्यटन बोर्डबाट सूर्य थपलिया, पर्यटन भ्लगर सचिन न्यौपाने र ट्रेक ८५८६ नामक ट्रेकिङ एजेन्सीका संस्थापक मनोज बस्नेतले आफ्नो राय हरु प्रस्तुत गरे साथै अन्ततिर रैथाने ज्ञानको गहिराइमा भोगिराज चाम्लिङ, झुमा लिम्बू लगायतको विचार व्यक्त भए भने कसको धर्ती रुकसको आकाशरु भन्ने शीर्षकमा विश्वप्रकाश शर्मा,प्रा.डा स्वतःसिद्ध सरकार र सुधीर शर्माले संवाद गरे। प्रत्येक दिन सन्ध्याकालमा प्रस्तुतिका रुपमा परिवर्तन थिएटरको कोसेली स्वरुप नाटक सन्धिपुरको प्रहसन भएको थियो। कार्यक्रममा ट्रेक ८५८६ नामक ट्रेकिङ एजेन्सीले नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका निम्ति अभियान समेत संचालन गरेका थिए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर