



शोका अध्यक्ष डिल्लीराम अधिकारी पूर्वी नेपालका अडिसन तयारीका लागि बिर्तामोड आइपुगेका छन्। आगामी चैत २ र ३ गते बिर्तामोडमा हुने अडिसन भव्य र व्यवस्थित बनाउन व्यापक तयारी भइरहेको छ। यसअघि फागुन १६ र १७ गते पोखरामा अडिसन सम्पन्न भइसकेको छ भने, नेपालगञ्जमा फागुन २० र २१ गते र काठमाडौंमा चैत १६ र १७ गते अडिसन हुने कोशी प्रदेश पूर्वाञ्चल संयोजक रुपक ओडारीले जानकारी दिए।

अध्यक्ष अधिकारी सँगै खडा सन्यासी, एलपी तिवारी, देउ क्षेत्री, तुला गुरुङ, विरास अधिकारी, श्याम रसाइली, राम बानियाँ लगायत आयोजक सदस्य टोली बिर्तामोड आइपुगेको छ ।


अन्तर्राष्ट्रियस्तरमा व्यापकता बढाउँदै
यस सिजनमा अडिसन स्थलहरू अझै विस्तारित गरिएको छ। अब यूके, कतार, जापान, हङकङ र मुम्बईमा समेत अडिसन आयोजना गरिनेछ। भारत सिलिगुडीमा मार्च ८ र ९ तथा त्यसको एक हप्ता पछि मुम्बईमा अडिसन हुनेछ। यस्तै, युरोपको लागि बेलायत र पोर्चुगल, मध्यपूर्वका लागि दुबई र कतार, पूर्वी एसियाका लागि थाइल्याण्ड, हङकङ र जापान तथा अष्ट्रेलियाका लागि सिड्नीमा अडिसन आयोजना गरिनेछ।


प्रतियोगिताका निर्णायक प्यानल
‘मेरो भ्वाइस युनिभर्स’ मा वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, पुष्पन प्रधान र गायिका अञ्जु पन्त निर्णायकका रूपमा रहनेछन्।
त्यस्तै, ‘मेरो डान्स युनिभर्स’ का लागि वरिष्ठ अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, चर्चित नायिका शिल्पा मास्के, कोरियोग्राफर शंकर विसी, कविराज गहतराज र किरण थापा निर्णायकका रूपमा रहनेछन्।
भव्य पुरस्कारको व्यवस्था
शोका विजेताले १ करोड नेपाली रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ प्रदान गरिनेछ। समूह नृत्य प्रतियोगिताका विजेताले २० लाख, उपविजेताले १० लाख र तेस्रो स्थान प्राप्त गर्ने समूहले ५ लाख पुरस्कार पाउनेछन्।
नेपाली भाषा, संस्कृति र एकताको अभियान
शोका अध्यक्ष डिल्लीराम अधिकारीका अनुसार यो रियालिटी शो केवल व्यवसायिक उद्देश्यका लागि नभई नेपाली भाषा, धर्म, संस्कृति तथा कलालाई अन्तर्राष्ट्रिय पहिचान दिन स्थापित गरिएको हो। विदेशमा रहेका नेपालीहरुले आफ्नो मौलिक संस्कृतिलाई बिर्सिन नदिन शो महत्वपूर्ण माध्यम बन्नेछ।
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को सिजन २ नेपाल टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। इच्छुक प्रतियोगीहरुले फाउण्डेसनको आधिकारिक वेबसाइट यहाँ क्लिक गर्नुहोस । बाट आवेदन दिन सक्नेछन्।