Aamsanchar

सिटी रिक्सामा चिनी, सरफलगायत सामान ल्याउँदै गरेका एक जनाको गोली लागेर मृत्यु

Author Image
बिहिवार, पौष १७, २०८२

काठमाडौं- सुनसरीमा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी गाउँपालिका–१ का विजय साह रहेको प्रहरीले बताएको छ ।

“राति १ बजे गोली चलेको खबर आएपछि प्रहरीको टोली घटनास्थल पुग्दा विजय साह मृत फेला परेका थिए,” जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का भन्छन्, “घटनास्थलमा गोलीका खोका फेला परेका छन् । हामी गोली कसले हान्यो अनुसन्धानमा छौँ ।”

साहले सिटी रिक्सामा चिनी, सरफलगायत सामान ल्याउँदै गरेको देखिएको डीएसपी खड्काले बताए । उनका अनुसार घटनास्थल भारतीय सीमाबाट करिब ५०० मिटरको दूरीमा रहेको छ ।

Views: 291

प्रतिक्रिया (०)