Aamsanchar

अर्जुनधारा नगरपालिकाले थप गर्यो लकडाउन

Author Image
बिहिवार, साउन २२, २०७७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले जारी गरेको लकडाउन यथावत राखेको छ ।

नगरले आज बिहिबार सम्म गर्ने भनेको लकडाउन अझ ४ दिनकालागि थप गरेको नगरपालिकाले जनाएको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी सीसीएमसीको बिहिबार बसेको बैठकले २६ गते सम्म नगर क्षेत्रमा बन्दाबन्दी लकडाउन गर्ने निर्णय गरेको हो ।

समुदायमा संक्रमण फैलन सक्ने अवस्थालाई मध्य नजर गर्दै बिभिन्न वडामा पनि कन्ट्याक ट्रेसिङ गरीएको छ । बुधबार मात्र १२७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । नगरका ४, ५, ७, ८, ९, १० र ११ नम्बर वडाका १०२ जनाको कन्ट्याक ट्रेसिङका आधारमा गरेको स्वाबको नतिजा आउन बांकी रहेकाले लकडाउनलाई निरन्तरता दिएको नगरले जनाएको छ ।

नगरले यस अघि साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि लकडाउन थप गरिएको नगरपालिकाले जनाएको छ ।
अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायमास्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

नगरप्रमुख रानाका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर