बिर्तामोड । बिर्तामोड नगरपाकिलाले लकडाउन खुला गरेको घोषणा गरेको छ । गत साउन १८ गते राती १२ बजेदेखि लागु गरेको लकडाउन आज राती १२ बजे देखि खुल्ला गर्ने निर्णय गरेको बिर्तामोडका मेयर ध्रुब कुमार शिवाकोटीले जानकारी दिए ।
समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा नगरले दोस्रो पटक लकडाउन गरेको थियो । मास स्किृनिङ पछि जोखिमको अध्ययन गरेर लकडाउन खुला गरेको मेयर शिवाकोटीले जानकारी दिए । उनले अझै जोखिम रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 199