अर्जुनधारा । अर्जुनधरा नगरपालिकामा गत साउन १८ गतेदेखि जारी लकडाउन सोमवारदेखि हटाइएको छ । नगरमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै लकडाउन गरिएको थियो ।
वडा नं. १ का एक ब्यक्तिमा कोरोना भाइरस पुष्टी भएपछि कन्ट्याक ट्रेसिङ गर्न सहज बनाउनका लागि नगरले लकडाउन गर्ने निर्णय गरेको थियो । कन्ट्याक ट्रेसिङमा रिपोर्ट नेगेटिभ आएपछि लकडाउन खोल्ने नगरले निर्णय गरेको हो ।
नगरले लकडाउन खुकुलो बनाए पनि सवैले स्वास्थ्यका मापदण्ड अनुरुप सामाजिक दुरी कायम गर्दै व्यवसाय सञ्चालन गर्न नगर प्रमुख हरिकुमार रानाले आव्हान समेत गरेका छन् । कुनै पनि व्यवसाय सञ्चालकहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दा सावनपानी , सेनेटाइजर, सामाजिक दुरी, मास्कलगायतका स्वास्थ्यको मापदण्ड पूरा गर्दै आफु पनि संक्रमितबाट बच्न र अरुलाई पनि बचाउन नगर प्रमुख रानाले अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 398