मेचीनगर । समाजमा केही व्यक्तीले मात्र पनि सकारात्मक सोच राखेर सामाजिक हितकालागि काम गर्ने संकल्प गरेर सुरुगरेको कामले समाजका कयौं व्यक्तिले लाभ लिन सक्छन, धेरैले आफ्नो विचारलाई समाजको हित तर्फ परिवर्तन गरेर समाजसेवामा लागेका धेरै उदाहरणहरु समाजमा छन । त्यस्ता अभियान संकल्प गाउँ गाउँ टोट टोलमा हुन सक्यो भने वास्तविक समाजको संरचना बन्दछ । त्यस्तै झापाको मेचीनगर नगरपालिकाका महिलाहरुले गरेको कामले समाजमा राम्रो संदेश प्रवाह भएको छ ।
मेचीनगरका महिलाहरुले तीजमा खर्च हुने रकमलाई बचत गरेर विपन्न जनहित कोष स्थापना गरेका छन् ।
आज मेचीनगरको खुटेडाँगीमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत कोषको अवधारणा सार्वजनिक गरिएको छ । कोषले विपन्नलाई आकस्मिक स्वास्थ्य सेवा पुर्याउने बताइएको छ ।
कोषमा अहिले नै दुई लाख भन्दा बढी रकम संकलन भइसकेको र भविष्यमा एक करोड पुर्याउने लक्ष्य रहेको कोष सञ्चालक समितिकी अध्यक्ष रेणुका डाँगीले बताइन् ।
डाँगीकै अध्यक्षतामा २५ सदस्यीय कोष सञ्चालक समिति घोषणा गरिएको छ । समितिको उपाध्यक्षमा चण्डिका बानियाँ, सचिवमा जानुका ओली, सहसचिवमा पुष्पा भण्डारी र कोषाध्यक्षमा लिना भण्डारी रहेका छन् ।