Aamsanchar

पीसीआर ल्यावका लागि ४१ हजार सहयोग

Author Image
बिहिवार, भदौ ४, २०७७

बिर्तामोड । ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापाको कनकाई नगरपालिका – ४ कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा कोरोना भाइरस संक्रमितको पीसीआर परिक्षण गर्न स्थापित पीसीआर ल्यावका लागि आर्थिक सहयोग गर्ने इच्छा राखेका उसुका राष्ट्रिय खेलाडी वीरमान वाइवाको इच्छा अधुरै रहन पुग्यो ।

झापामा कोरोना भाइरस संक्रमितको संख्या वढीरहेको अवस्थामा जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्यावका लागि आर्थिक सहयोग गर्ने इच्छा राखेर रकम संकलन गरिरहेका वीरमानको गत असार १४ गते आइतवार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो । शनिबार राति सुतेका उनी आइतबार विहान मृत अवस्थामा भेटिएका थिए।

२०५० साल चैत २६ गते जन्मिएका वीरमान नेपाली सेनाको उसु टिममा आबद्ध थिए । उनी सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागीता जनाउन गए पनि उनले खेल्न पाएनन् । त्यसअघि राखेप च्याम्पियनसिपमा पदक जितेका वीरमान उसु खेल्नु अघि क्योकुसिन करातेका खेलाडी थिए ।
समाजमा केही राम्रो काम गर्नुपर्छ भनेर लागीपरेका उनी जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्यावका लागि आर्थिक सहयोगका लागि रकम संकलनमा व्यस्त थिए ।

उनको अकल्पनिय निधन भएपछि वीरमानले शुरु गरेको कार्यको उच्च सम्मान गर्दै सबै खेलाडी मिलेर पीसीआर ल्यावका लागि ४१ हजार रुपैयाँ प्रदान गरेको नेपाली सेनाका उसु कोच राजीव महर्जनले जानकारी दिए ।
वीरमानले जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्यावका लागि सवै मिलेर सहयोग गर्नुपर्छ भनेर रकम संकलन शुरु गरेको र उसको निधन भएपछि खेलाडी साथीहरु मिलेर रकम संकलन गरी पीसीआर ल्यावका लागि सहयोग गरेको नेपाली सेनाका उसु कोच राजीव महर्जनले जानकारी दिए ।
एकका लागि एक अभियानका सह संयोजक विनोद वस्नेतले सरकार – समुदाय–सहकारी –निजी क्षेत्रको साझेदारीमा जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्यावका लागि आर्थिक सहयोग गरेकोमा स्व.वीरमानलाई स्मरणगर्दै सवै खेलाडीहरुमा धन्यवाद दिएका छन् ।

 

 

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर