बुद्धशान्ति। झापाको बुद्धशान्ति गाउँपालिकाले पाँच दिन अर्थात भाद्र ९ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ ।
गत श्रावण २९ गते देखि आज राति १२ बजेसम्म लकडाउन गरिएकोमा पुनः दोस्रो चरणमा लकडाउन थप गरिएको हो । बिहिवार बसेको गाउँकार्यपालिकाको बैठकबाट लकडाउन लम्ब्याउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् ।
बुद्धशान्तिमा एकहप्ता अघि ८१ जनाको पिसिआर टेष्टका लागि स्वाव संकलन गरि पठाइएकोमा ८० जनाको रिर्पोट नेगेटिभ आएको । तर एक जनाको रिपोर्ट पोजेटिभ आएको र उनी एक लघुवित्तमा काम गर्ने कर्मचारी समेत भएकाले गाउँपालिकामा थप कोरोना समुदायमा फैलिएको आशंका गर्दै लकडाउन गर्न बाध्य भएको अध्यक्ष भुजेलको भनाई छ ।
हालसम्म बुद्धशान्ति सहित झापाको मेचीनगर, शिवसताक्षी, दमक, कमल, गौरीगन्ज गाउँपालिका समेत लकडाउन गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 204