Aamsanchar

श्रम तथा रोजगार विभागमा बाह्रदशीका पोखरेल

Author Image
मङ्गलवार, भदौ ९, २०७७

झापा । बाह्रदशी गाउँपालिका – ३ राजगढ निवासी नगेन्द्र प्रसाद पोखरेल (नवीन) श्रम तथा रोजगार विभागको सदस्यमा चयन भएका छन् ।

नेपाली कांग्रेस झापाको मातहतमा रहने गरी विभागको सदस्यमा पोखरेललाई मनोनयन गरिएको नेपाली कांग्रेस झापाले जनाएको छ । पार्टीको सर्वाेपरी हितका लागि पोखरेलले गरेका कामको उच्च मूल्याङ्कन गर्दै जिम्वेवारी प्रदान गरिएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताए ।

नेपाली कांग्रेस झापाको २०७५ फागुन २८ गते बसेको कार्यसमितिको बैठकले विभाग गठन गर्ने अधिकार प्रत्यायोजन गरेको र सोही बमोजिम पोखरेलाई श्रम तथा रोजगार विभागको सदस्यको जिम्वेवारी दिइएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 389

प्रतिक्रिया (०)

सम्बन्धित खबर