Aamsanchar

बिर्तामोड रत्न मार्केट पछि सिटी एक्सप्रेस सिल

Author Image
आइतवार, भदौ १४, २०७७

प्रतिकात्मक : फायल फोटो ।

बिर्तामोड ।  समुदायमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय तहले कतिपय बैक तथा वित्तिय संस्था सिल गरेको छ । झापाको बिर्तामोडमा पनि आइतवार एउटा वित्तिय संस्था सिल गरिएको छ ।

बैकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बिर्तामोडको सिटी एक्सप्रेस सिल गरिएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख ओम खड्काले बैक कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी परीक्षण गर्ने बताए ।

यसअघि बिर्तामोडमा सुनचाँदी व्यवसायीको परिवारका दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसयता विर्तामोडका दुई वटा बजार सिल गरिएका छन् । त्यहाँका व्यवसायीको स्वाब परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

गत भदौ ७ गते बिर्तामोड– ५ मा रहेको रत्न सुपर मार्केट पनि सिल गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर