बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीले कोरोना कहरको विषम अवस्थामा पनि सामाजिक कार्यलाई निरन्तरता दिएको छ ।
आफ्नो मासिक सामाजिक कार्यक्रमअन्तर्गत क्लबले आइतबार बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खाना खुवाएको छ । ३३ जना आश्रित र पाँचजना कर्मचारीसहित ३८ जनालाई बेलुकाको एक छाक खाना खुवाएको हो ।
क्लबले यसअघि गौरीगञ्ज र बिर्तामोडका करिब एक सय विपन्न परिवारलाई खाद्यान्न विरतण गर्नुका साथै बिर्तामोडमा मास्क वितरण, एकका लागि एक अभियानलाई आर्थिक सहयोगलगायत कार्यक्रम गरिसकेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 484