चिण्डेपानी भन्ने नाम सुन्ने बितिकै बिकट दुरदराजको ठाउँ भन्ने धेरैलाई लाग्न सक्छ । चिण्डेपानी कुनै नयाँ र अस्तित्व विहिन ठाउँ भने होईन, यस ठाउँको छुट्टै पहिचान छ । खासगरी पूर्वेलीहरुले यो ठाउँको बारेमा सुनेको र पुगेको हुनुपर्छ । यस ठाउँलाई विगत दुई बर्ष अघि सम्म मात्र पुगेका बुझेका हरुलाई यो ठाउँ कहाँ पर्छ चनेर सोध्ने हो भने इलाम जिल्लामा पर्ने एक निकै दुर्घम गाउँ भन्ने जवाफ आउन सक्छ । तर अब यस्तो अवाफ आए असत्य सावित हुनेछ, दुई बर्ष अघि यस ठाउँ पुग्न करिव १ घण्टा नै पैदल हिडुनु पर्थो, त्यो पनि पहाडमा हिड्ने बानी परेकाहरुको लागि, तराईबाट जानेलाई थकाईमार्दै जादा २ घण्टानै पनि लाग्थ्यो । त्यसठाउँका नागरिकहरुको जीवन यापन निकै कष्टकर थियो । सारोगारो पर्दा त गाउँलेहरुलाई महाविपतनै आईलागे जस्तो हुने गरेको स्थानियहरु बताउछन । तर अब चिण्डेपानी पुग्न पैदल हिडनु पर्ने बाध्यता अन्त्य भएको छ । बाटो राम्रो बनिसकेको छ अझै बन्नेक्रम पनि जारी छ । मेची राजमार्गबाट २० मिनेट भित्र मोटरसाईकल, चारपाङग्रे फोरवईल गाडीमा सवार गरेर चिण्डेपानी गुग्न सकिन्छ ।
चिण्डेपानी कहाँबाट जाने
इलाम जिल्लाको दक्षिणी भूभाव रोङ गाउँपालिकाको उत्तरी क्षेत्रमा पर्ने कुटीडाँडा (सानोपाथीभरा) बाट ५० मिटर उत्तर लागेपछी मेची राजमार्ग बायाँ तर्फ ओरालो झर्ने ग्राभेल सडक आउछ, त्यही सडक हुदै चिण्डेपानीको यात्रा तय गर्नुपर्छ । कुटीडाँडाबाट करिव ५ मिलोमिटर दुरी पार गर्दा नगर्दा शुन्दर चिण्डेपानी गाउँ पुगिन्छ ।
चिण्डेपानीको पहिचान
रोङ गाउँपालिकाको वडा नं. ३ मा रहेको चिण्डेपानी प्राकृतिक शुन्दरतामा कतै खोटलगाउने ठाउँ भेटिदैन । हेर्दा उपत्याका जस्तो लाग्ने तर उपत्याकानै चै होईन उकाली उराली भिरालो भूभाग छ । पूर्वमा हर्कटे उत्तरमा कन्याम र दक्षिणमा कुटीडाडाँ र पस्चिममा सूर्योदयन गरपालिकाको भूभागहरु पर्दछ ।
चिण्डेपानी धार्मिक साँस्कृतिक हिसावले देशमै अलि फरक ठाउँहो । यस ठाउँ विशेषगरी नेपालको अल्पसंखयक जातीमा रहेको लेप्चा समुदायको उद्घम थलो हो । अत्यन्तै सोझा, इमान्दार, राम्रा लेप्चाहरुको बाहुलियता रहेको छ । त्यस ठाउँमा त्यस्तै अर्को समुदाय पनि आदिमकालदेखि बसोबास गर्दै आएको छ । त्यो जाती हो भुजेल । भुजेल समुदाय र लेप्चा समुदायका मानिस अत्यन्तै शान्ति प्रेमी हुन भन्ने प्रमाण यस ठाउँले दिन्छ, यि दुवै समुदायका पूर्वजहरुले तत्कालिन अवस्थामा विकट भए पनि हावापानी, उर्भरमाटो र एकान्त ठाउँ रोजेर बसोबास सुरु गर्नुले चिण्डेपानीवासीको जीवन शैली रहनसहनले लेप्चा र भुजेल समुदाय शान्त प्रकृति प्रेमी हुन् भनेर सहजलै अनुसमान गर्न सकिन्छ ।
चिण्डेपानी बासीको आर्थिक अवस्था
चिण्डेपानीका अधिकांस नागरिकहरुकोको जीवन चल्ने आर्थिक आधार कृषि पेशा रहेको छ । मौषमी र वेमौषमी नगगदेबाली, तरकारी, फलफूल, दुग्ध उत्पादन पर्नेगर्छ । केहीले यातायात मजदुरी गर्दै आएकाछन भने, थोरैले जागिरी जीवन विताई रहेका छन् । धेरैयुवाहरु भने वैदेशिक रोजगारी तर्फ गएका छन ।
शिक्षाको अवस्था
धेरै अभिभावकहरु निरक्षर छन । औपचारिक शिक्षा लिन नपाएको गुनासो गर्छन, पहिलेको भौगोलिक जटिलताका कारण पनि आफूहरुले शिक्षा लिन नसकेको बताउछन त्याहाँका अग्रज नागरिकहरु । पछिल्लो समययता हरेक निरक्षर आमाबुबाका छोराछोरीले अंग्रेजी शिक्षा दिन सकेका छन्। कतिजना त उच्चशिक्षा लिन अघिबढी रहेका छन् । सबैको घरमा टेलिभिजन सेट छ, मोवाईलबाट ईन्टरनेटको प्रयोग पनि धेरैले गर्न थालेका छन ।
अब चिण्डेपानीका बासी र पालिकाले के गर्नुपर्छ
चिण्डेपानीका नागरिक र स्थानिय सरकार रोङ गाउँपालिकाले बाटोलाई अझै व्यस्थित बनाउनु पर्छ, ईन्टरनेटको पहुँचलाई सहज बनाउनु पर्छ, फराकिलो पार्किङ क्षेत्र तयार गर्नुपर्छ । मौलिकर्ता उजागर हुनेगरी होमस्टे निर्माण गरेर पर्यटकलाई सेवा दिनुपर्छ । लेप्चा र भुजेल जातीको भाषासंस्कृति, रहनसहनलाई संरक्षण गर्ने कार्यक्रम नीति तयार गर्नुपर्छ । रोङ सब्दनै लेप्चा संग जोडिएको हुँदा लेप्चा जातीको ऐतिहाशिकतालाई देशभरी उजागर गर्नुपर्छ । कृषि उत्पादनलाई जोड दिएर कृषि, प्राकृतिक, धार्मिक, साँस्कृतिक पर्यटकहरुलाई चिण्डेपानी पुर्याउने काम स्थानिय नागरिक र पालिका लागिपर्नुपर्छ, त्यस पस्चात एक पटक पुगेको पर्यटकले पुनः दोरियाएर पुग्ने छन् एक व्यक्तीले १० व्यक्ती साथै लिएर पुग्नेछन किनकी चिण्डेपानीको हावापानी, बाह्रैमहिना चिसो मौषम, त्याहाँका मानिसको नम्र बोलिचाली, सहयोगी भावना, सिजन अनुसारको ताजा तरकारी फुलफूल पाउनु मुख्य आधार हुन् ।
भिडियो हेर्नुहोस् ।