Aamsanchar

सामाजिक सेवा दिवसमा विपन्नलाई घर बनाउने योजना

Author Image
सोमवार, असोज १२, २०७७

चारपाने । प्रधानमन्त्री के पी शर्मा ओलीले असोज ६ गते उद्घाटन गरी मनाइदै आएको साताव्यापी ४१ औं सामाजिक सेवा दिवसको अवसरमा सोमबार झापाको चारपानेमा एक कार्यक्रम सम्पन्न भएको छ ।

विगतका बर्ष देखि विपन्न  वर्गको सहारा बन्दै आएको सहारा नेपालले सामाजिक रुपान्तरण र उधमशिलता नारालाइ सार्थक तुल्याउने उदेश्यका साथ विपन्नलाई आवास कार्यक्रममा स्थानिय सरकार, गैर सरकारी संस्था र अन्तराष्ट्रिय गैर सरकारी संस्थाको संयुक्त भूमिका विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रमको सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षतामा आयोजित सो कार्यक्रमको उद्देश्य माथि संस्थाका सचिव महेन्द्रकुमार गिरीले प्रकास पार्नु भएको थियो भने सह सचिव लाल बहादुर गिरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स्थानिय सरकार, ह्याविट्याट फर ह्युमानिटी नेपाल र सहारा नेपालको त्रिपक्षिय साझेदारीतामा संचालित विपन्न आवास निर्माण कार्यक्रमका अनुभव ,सिकाई , चुनौतीको बारेमा अन्तरक्रिया तथा छलफल गरिएको थियो । सो अवसरमा कन्काई नगरपालिका पं्रमुख राजेन्द्र कुमार पोखरेल, झापा गाउपालिका अध्यक्ष जयनारायण शाह, गौरीगञ्ज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ , बाह्दशी गाउपालिका उपाध्यक्ष रत्नकुमारी राजवंशी र विर्तामोड नगरपालिकाका शाखा अधिकृत देवराज कार्कीले कार्यक्रमको उपलब्धी, चुनौतीहरु र आगामी दिनमा सम्बन्धित पालिकाको आवास निर्माणको योजना प्रस्तुत गर्नु भएको थियो ।

ह्याविट्याट नेपालको तर्फबाट कार्यक्रम अनुगमन अधिकृत राजिब बर्माले यस कोभिड १९ को माहामारीमा पनि सबैको सक्रियता र सहयोगले ५ सय ५१ विपन्नका घर निर्माण गरि हस्तान्तरण गर्न सफल भएकोमा स्थानिय सरकार, विपन्न आवास निर्माण उपभोक्ता समित, सहारा नेपाल र लाभान्वित घरधनीलाई समेत धन्यवाद दिदैै आगामी दिनमा पनि ह्याविट्याट नेपाल साझेदारि गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भएको छ । घर निर्माण उपभोक्ता समिती र स्थानिय तह तथा सहारा नेपालका प्राबिधिक समेतले धारणा राखेको सो कार्यक्रमको संचालन आवास कार्यक्रमका टिमलिडर टि. पी. शर्मा कडेलले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर