Aamsanchar

नगरप्रमुख सहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि दमक नगरपालिका चार दिनका लागि बन्द

Author Image
मङ्गलवार, असोज २०, २०७७

झापा –नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि दमक नगरपालिका मंगलबारदेखि चार दिनका लागि बन्द गरिएको छ । अब चार दिन नगरपालीका र वडाबाट हुने सबै सेवा बन्द गरिएको छ । झापा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको हो । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार ओलीलाई संक्रमण पुष्टि भएको थियो । उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ । ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत गणेश प्रसाद तिम्सिनाले जानकारी दिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)