चारपाने । झापाको कनकाई नगरपालिकाका ४० जना असाहय जेष्ठ महिलालाई दशैको मुखमा साडी उपहार प्रदान गरिएको छ ।
दशै लगायतको मुख्य चाड पर्व नजिकिए संगै गाउँ घरमा दशैको चहल पहल सुरु भई सकेको छ । सोही उल्लाहसमय क्षणमा गरिव तथा विपन्न परिवारमा भने के खाने र के लाउने चिन्ता पनि बढी रहेको छ । अझ यस बर्ष कोरोना कहरले झन पिडा थपिईएको अवस्थालाई मध्येनजर गरेर जेष्ठ नागरिक संघ कनकाईको आयोजना र जेष्ठ नागरिक संघ झापा जिल्लाको सहयोगमा साडी वितरण गरिएको हो ।
कनकाईका १, ६, ७, ८ र ९ नं. वडाका ४० महिलालाई साडी वितरण गरिएको थियो । उक्त साडी जिल्ला जेष्ठ नागरिक संघका बरिष्ठ सल्लाहकार महावीर अग्रवालले प्रयोजन गरेका हुन् अग्रवालले पुन कात्तिक २ देखि १० गते भित्रमा साडी उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
बुधबार कनकाई–८ लक्ष्मीपुरमा आयोजना भएको दशै शुभकामना आदन प्रदान तथा साडी वितरण कार्यक्रममा जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद बाह्रकोटीकोे अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा प्रमुख आथित्यता कनकाई नगर उपप्रमुख मञ्जु दाहाल प्रसाईको रहेको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक संघ कनकाईका उपाध्यक्ष गोपालप्रसाद चुडालले स्वागत, जिल्ला सहसचिव लक्ष्मी पाण्डेले औचित्यमाथी प्रकास पारेका थिए ।
समारोहमा कनकाई–८ का वडाध्यक्ष प्रेमबहादुर कटुवाल, नगर कार्यपालिका सदस्य सुनिता सिक्देल खरेल, धनराज खड्का, लिलाबहादुर कटुवाल, इश्वरी तिम्सिना लगायतले जेष्ठ महिलाहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
स्थानिय समाजसेवी जग्गा दाता तुलसादेवी कटुवालबाट जेष्ठ नागरिक भवन बनाउन सहयोग गर्ने आस्वसन प्राप्त भएको आयोजक संस्थाका अध्यक्ष बाह्रकोटीले बताए ।