Aamsanchar

झापामा ब्राउनसुगरसहित १ भारतीय नागरिक पक्राउ

Author Image
बिहिवार, असोज २२, २०७७

झापा – बिर्तामोड नगरपालिका वडा नं. ३ सैनिकमोडबाट प्रहरीले ब्राउनसुगरसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत घर भई बिर्तामोड नगरपालिका वडा नं.९ नरियावारीमा डेरा गरी बस्ने ३४ बर्षीय कृष्ण रायलाई हिजो दिउँसो ४ बजे पक्राउ गरेको हो । मिस्त्री काम गर्ने उनले भारतबाट लागु औषध ल्याएर नेपालमा बिक्री गर्दै आएको खुलेको छ ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ६.९९ ग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका भारतीय नागरिक रायलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर