Aamsanchar

सामाजिक काम गरेर नेपाल चेम्बर अफ कमर्स झापाले मनायो स्थापना दिवस

Author Image
मङ्गलवार, असोज २७, २०७७

बिर्तामोड ।  नेपाल  चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवको अबसरमा नेपाल चेम्बर अफ कमर्स झापाले सामाजिक काम गरेर मनाएको छ ।

मंगलबार बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रमा आश्रित ४० जना बृद्धबृद्धाहरुलाई खाना खुवाएर स्थापना दिवस मनाईएको हो ।

चेम्बर अफ कमर्स भनेको नेपालका व्यापारी, उद्यमीहरुको एक छाता संगठन हो । यस संगठनमा देशभरीमा हजारौं व्यवसायी उद्योगीहरु आवद्ध रहेका छन् ।

संस्थाका अध्यक्ष ओमकृष्ण बिमलीको अध्यक्षतामा सम्पन्न जेष्ठ नागरिकलाई खाना खुवाउने कार्यक्रममा संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, अलैंची व्यवसायी महासंघका महासचिव सुवाश भट्टराई, बिर्तामोड उधोग बाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल बिमली लगायतको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रमा संस्थाका कोषाध्यक्ष सत्रुघन रौनियारले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर