Aamsanchar

झापामा हत्या गरी फालिएको अवस्थामा शव फेला ,धरानबाट तालिम प्राप्त कुकुर ल्याउदै प्रहरी

Author Image
बुधवार, असोज २८, २०७७

झापा –  झापामा एक युवकको हत्या भएको छ। कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। स्थानीयले बुधबार बिहान ९ बजे बाँसघारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली तत्काल घटनास्थल पुगेको थियो। शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी थापाले बताए। चौधरीको अनुहारमा धारिलो हतियार प्रहार गरेकोले घटना रहस्यमय बनेको उनले बताए। अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाट समेत थप प्रहरी टोली परिचालन गरिसकेको बताउँदै उनले भने, ‘घटनास्थललाई प्रहरीले सिल गरेर अनुसन्धान गर्दैछ, धरानबाट तालिम प्राप्त कुकुर आइरहेको छ। त्यसपछि मात्र घटनाको अनुसन्धान तीव्र गतिले अघि बढ्छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)