Aamsanchar

पूर्व गृहमन्त्री त्रिशुलीमा डुबेको गाडी भेटियो

Author Image
बिहिवार, असोज १३, २०७३

चितवन ।

download

जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा रहको गोताखोरको टोलीले त्रिशुली नदीमा डुबेको अवस्थामा गाडी फेला पारेको छ ।

दुर्घटनास्थल मुग्लीनको घोप्टेभीरबाट करिब १०/१५ मिटर तल नदीमा डुबेको अवस्थामा खोज टोलीले गाडी फेला पारेको चितवनका प्रहरी प्रमखु बसन्त कुँवरले जानकारी दिए । उनले भने ‘दुर्घटनास्थल भन्दा करिब १५ मिटर तल पानीमा डुबेको अवस्थामा गाडी हुकमा अडि्कएको छ,’ तर त्यो गाडी घिमिरेको हो वा भदौ २४ मा हराएको ट्रक भन्नेबारे जानकारी छैन ।’ प्रमु्ख कुवरले केही समयमा उक्त गाडी नदी बाहिर निकालिने जानकारी दिए ।

यसअघि सोही स्थानबाट मालबहाक ट्रक खसेको थियो । उक्त ट्रक फेला पार्न सकिएको छैन । मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल थियो ।

घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको थयिो । घिमिरेका गाडी चालक विष्याुबहादुर राईको भने जिवितै  गरिएको थियो । अनलाईबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर