Aamsanchar

निमोमिया भएपछि बिरामी परेका राप्रपा नेता लिङ्देनको अवस्था सुधारोन्मुख

Author Image
शुक्रवार, मंसिर २६, २०७७

झापा : निमोमिया भएपछि गम्भीर बिरामी परेका राप्रपा नेता राजेन्द्र लिङ्देनको अवस्था सुधारोन्मुख देखिएको छ । स्वास्थ्य अवस्था नाजुक भएपछि उपचारका लागि उनलाई बिहीबार विर्तामोडस्थित बीएन्डसी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई त्यहाँबाट बिहीबार नै काठमाडौं पुर्याइएको थियो। मेडिसिटी अस्पतालमा उपचाररत लिङ्देनको अवस्था अहिले सुधारोन्मख रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् झापा क्षेत्र नं. ३ का सांसद् हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)