Aamsanchar

पार्टीको महाधिवेशन २०७८ मंसिर २ काठमाडाैंमा गर्ने ओली पक्षको निर्णय

Author Image
मङ्गलवार, पौष ७, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर २ देखि ७ गते सम्म काठमाडौंमा‍ सम्पन्न गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकले पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। यस कमिटीमा १ हजार १ सय ९९ सदस्य रहने जनाइएको छ।

यसै बैठकले पार्टीको प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएको छ। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा त्यसयता दुई स्पष्ट दुई गुटमा बाँडिएर छुट्टाछुट्टै भेला तथा बैठक आयोजना गरिरहेका छन्। नेकपा संयुक्त हुँदा नारायणकाजी श्रेष्ठ प्रवक्ता थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर