Aamsanchar

तटस्थ रहेका हरिबोल र गृहमन्त्री बादल ओली समूहको बैठकमा सहभागी

Author Image
बिहिवार, पौष ९, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् । कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।

बादलसँगै हरिबोल गजुरेल पनि बैठकमा गएका छन् । हरिबोल पनि यसअघि कुनै भेलामा सहभागी थिएनन् । बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल र हरिबोल ओलीतर्फ लागेका छन् ।

यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् । यो समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु हुन लागेको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक पनि बबरमहलमा दुई बजे बस्दैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर