Aamsanchar

प्रचण्डको गृहजिल्ला पुगेर ओलीको गर्जन- ‘आजको भेला कास्टिङ मात्रै हो’

Author Image
शनिवार, माघ १७, २०७७

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा पुगेर आजको भेलालाई कास्टिङको संज्ञा दिएका छन्। चितवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। तोकिएको समयमा निर्वाचन हुने कुरामा ढुक्क हुनुहोस्। आजको भेला कास्टिङ मात्रै हो उनले भने, अबको आमसभामा यो भेलाभन्दा दुई तिहाई बढी जनसभालाई सम्बोधन गर्न आउँछु।’

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा अनौपचारिक रूपमा विभाजित बनेको छ। प्रधानमन्त्री ओली पक्ष निर्वाचनको मिति तोकेर निर्वाचनको तयारीमा लागेका छन्। नेकपा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल पक्षले भने चरणबद्ध सडक आन्दोलन गरिरहेको छ। नेकपा अनौपचारिक विभाजन भएपछि तल्लो तहसम्म संरचना निर्माण गरेर बेग्ला बेग्लै भेला तथा कार्यक्रम गरिरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर