Aamsanchar

हलुवागढमा काँग्रेस र राप्रपाको विज्ञप्ती टास, अध्यक्ष द्वारा आपत्ती प्रकट

Author Image
बुधवार, माघ २१, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा भएको तालाबन्दीको विषयमा सामुदमायिक वन उपभोक्ता समितिका अध्यक्ष लगायत बहुमत संख्यामा उपस्थित कार्यसमिति पदाधिकारीहरुले समुहको धारणा सार्वजनिक गरेका छन् ।

बुधबार समुहको कार्यलय परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त धाराणा सार्वजनिक गरिएको हो ।

हलुवागढ सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष चक्र तामाङले आवश्यक प्रमाण विना ताला तोडिएको घटनाको विषयमा आफ्नो संलग्नता रहेको भन्दै नेपाली काँग्रेस वडा समितिको प्रेस विज्ञप्तिप्रति आपत्ती जनाउँदै उक्त आरोप फिर्ता लिन आग्रह गरेका छन् ।

त्यस्तै आन्तरिक लेखा समितिको प्रतिवेदनमा उल्लेखित टिप्पणीहरुको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा परेको मुद्धाको अन्तिम किनारा नलाग्दासम्म असन्तुष्ट उपभोक्ताहरुले हाल भइरहेको समूहको टोल भेलाको विषयमा पनि सब डिभिजन वन कार्यालय सुरुङ्गाबाट पत्र प्राप्त भएको बताएका छन् ।
उक्त पत्रमा समूहको काम नरोक्नु र टोल भेलाबाट अनुमोदन भएको कुरालाई साधारण सभामा पेश गर्नु भन्ने व्योहोरा खुलाइएको हुँदा टोल भेला सञ्चालन भइरहेको अध्यक्ष तामाङले प्रष्ट पारे ।

सोही पत्रको आधारमा गत आइतबारबाट समूहको पाँच वटा टोलमध्ये बुधबारसम्म चार वटा टोलको भेला सम्पन्न भइसकेको समूहकी सचिव तारादेवी आचार्यले जानकारी दिइन् । कार्यसूची अनुसार कार्यसमितिको टोल भेला बिहीबार सम्पन्न हुने र २३ गते (शुक्रबार) २३ औं साधारण सभा हुने कार्यक्रम रहेको छ ।
अध्यक्ष तामाङको अध्यक्षता र वडा सदस्य मगरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समूहद्वारा जारी प्रेस विज्ञप्ति अध्यक्ष तामाङले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव आचार्यले गरेकी थिइन् ।

कार्यक्रममा ताल खुलाउन अब के गर्नु पर्छ भन्ने पत्रकारको प्रस्नमा अध्यक्ष तामाङले ‘नेपाली काँग्रसमा आवद्ध उपभोक्ताहरुले समुहलाई काम गर्न असहज पार्ने उदेश्यले ताला बन्दी गरेकोले समुहले यस बिषयमा केही गर्न नसक्ने र ताला खुलाएर आम उपभोक्तालाई वन पैदावर लगायतका सुविधा लिनको लागि वडा कार्यलयले सहजीकरण गरिदिनु पर्ने माग राखेका छन् ।

अध्यक्षको माग प्रति स्थानिय जनप्रतिनिधी कार्यक्रमका प्रमुख अतिथि दिलबहादुर सारु मगरलले समस्याको समाधानका लागि वडाले सक्दो भूमिका निर्वाह गर्नेे प्रतिबद्धता व्यक्त गरेका छन् ।

भिडियो पनि हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 319

प्रतिक्रिया (०)

सम्बन्धित खबर