Aamsanchar

संसद् बैठकका विषयमा आवश्यक परामर्श गरिरहेको छु : सभामुख सापकोटा

Author Image
शुक्रवार, माघ २३, २०७७

काठमाडौं –सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक बोलाउने या नबोलाउने भन्ने विषयमा आवश्यक परामर्श गरिरहेको बताएका छन्। संवैधानिक परिषद्‍का विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्तिमाथि सर्वोच्च रिट दायर गरेर फर्केपछि पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएका हुन्।

‘संसद बैठक बोलाउने विषयमा धेरै कुरा आइरहेको छन्। सबै संवैधानिक क्षेत्र र अंगहरूमा बुझिरहेको छु। त्यस बिषयमा गम्भीरता पूर्वक विचार गर्नुपर्छ’ उनले भने, अरु संस्था प्रमुख र मेरो आचरणको बिषयमा तपाईहरुले थाहा पाउनु भएको छ। म सत्यको अन्वेशण गर्दै छु। म परामर्श गरिरहेको छु।’

संसद बैठकको बिषयमा आवश्यक परामर्श लिएर निर्णय लिने बताए। संवैधानिक परिषद्को आफूलाई चिठ्ठी आउनुभन्दा पहिल्यै बैठक बसिसकेको उनले बताए। ‘संवैधानिक कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आफैँमा सार्वभौम अधिकार हुन्छ। अरु सदस्यहरुसँग प्रधानमन्त्रीले पटक पटक गृहकार्य गरेको मैले सुचना पाइरहेको छु’ उनले भने, ‘तर, मसँग एकपटक पनि गृहकार्य भएन। संविधानको मर्म र भावना अनुसार नियुक्ति हुन नसक्ने भएपछि मैले प्रधानमन्त्रीलाई फोन गरेर भनेको हुँ।’

असंवैधानिक रुपमा भएको प्रधानमन्त्रीको नियुक्तिमा सहमति नजनाएको उनले बताए। संसद विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रीपरिषद् विस्तारपछिको शपथ ग्रहण कार्यक्रममा राष्टपति कार्यालयबाट निम्ता आएको भएकाले गएको स्पष्टिकरण दिए। संवैधानिक परिषद्को नियुक्ति असंवैधानिक भएकाले संविधानको मर्म जोगाउन शपथ कार्यक्रममा नभएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर