Aamsanchar

उपत्यकाका ५ स्थानबाट प्रचण्ड–माधव पक्षको जुलुस निकाल्ने क्रम सुरु,टी आकारमा बस्न मिल्ने गरी मञ्च तयार

Author Image
बुधवार, माघ २८, २०७७


काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकाल्ने क्रम सुरु भएको छ । मायतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस सुरु भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराइले जानकारी दिए । पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत हुनेछ ।

यसैबीच सभाका लागि काठमाडौँको बसपार्क, राष्ट्रिय सभा गृह र भद्रकालीको बीचमा टी आकारमा बस्न मिल्ने गरी मञ्च तयार गरिएको छ । सभा र जुलुस व्यवस्थित बनाउन सयौँ स्वयम्सेवक परिचालन गरिएको छ । आजको विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा लगायतले सम्बोधन गर्ने तयारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर