Aamsanchar

फागुन १ गते धनकुटामा हुने विरोध सभालाई सम्बोधन गर्न माधवकुमार नेपाल आउने

Author Image
बुधवार, माघ २८, २०७७

धनकुटा –नेकपाको (प्रचण्ड–नेपाल)समूहका अध्यक्ष माधवकुमार नेपाल विरोध सभालाई सम्बोधन गर्न आगामी फागुन १ गते धनकुटा आउने भएका छन्। एक गते दिनको ११ बजेबाट धनकुटामा विरोध सभा हुने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनपछि प्रचण्ड–नेपाल समूहले प्रतिगामी कदम भन्दै देशव्यापी विरोधसभा गरिरहेका छन। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जिल्ला कमिटी धनकुटाले आयोजना गर्न लागेको विरोध सभामा ३ हजार कार्यकर्ता उतार्ने दाबी गरिएको छ। विरोध सभाको तयारी गर्ने काम भइरहेको नेकपा धनकुटाका प्रचार विभाग प्रमुख अर्जुन राईले जानकारी दिए।

विरोध सभामा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल सहित पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन, प्रदेश १ का इन्चार्ज भीम आचार्य, सह इन्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश १ अध्यक्ष घनेन्द्र बस्नेत, सचिव सुरेश कुमार राई र केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज हेमराज भण्डारीले सम्बोधन गर्ने प्रचार विभाग प्रमुख राईले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर