Aamsanchar

प्रहरीको हिरासतमा रहेका चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा

Author Image
शुक्रवार, फागुन २१, २०७७

काभ्रे — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता भएर ३ बुँदे सहमति भएपछि सो पार्टीका नेता कार्यकर्ता रिहा हुन थालेका छन् । संगठित अपराध, आगजनीलगायतका मुद्दामा ११ दिन देखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला पनि शुक्रबार बिहान रिहा भएका छन् । परिवारका सदस्य, पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । प्रहरीले सुरक्षासहित उनलाई काठमाडौं पठाएको छ ।

नेता बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताए । उनले कम्युनिस्ट पार्टीहरुबीच एकताको सम्भावना पनि भएको बताए । सर्वदलीय सरकारको कुरा उठेको छ नि भन्ने प्रश्नमा उनले सचिवालय बैठक बसेर यसबारे निर्णय गर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर