Aamsanchar

आज परिवार दिवस

Author Image
शनिवार, जेठ १, २०७८

आजको दिनले परिवारमा संरक्षकको भुमिकालाई पनि ब्याख्या गर्दछ चाहे संरक्षकका रुपमा बूवा, आमा, हजुरबूवा, हजूरआमा या दाईदिदीनै किन नहुन् । यसका साथै परिवार र कार्य सन्तुलन वातावरण, सकारात्मक पारिवारिक ब्यबहार अनि अन्तरपुस्ता संबादका वारेमा पनि चर्चा र जागरण फैलाउदछ, आजको दिनले । ब्यक्तिहरु मिलेर बनेको परिवार अनि परिवारहरु मिलेर बनेको समाज अनि समाजहरु मिलेर बनेको देश, आजको दिनले देशको समग्र परिवर्तनमा परिवारको भुमिका अनि त्यसबाट संसारको रुपान्तरणको पैरवी गर्दछ ।
परिवारले कहिलेकाँही हामीलाई संकुचित पनि बनाँउदछ, परिवार र समुदायमा मात्र सिमीत नभईकन समग्र विश्वभरिका परिवार र मान्छेलाई नै विश्वबन्धुत्वको भावनाले हेर्न पनि आजको दिनले सन्देश दिन्छ । यस वर्षको विश्व परिवार दिवसको नारा नै “Socially just transition towards sustainable development: the role of digital technologies on social development and well-being of all.” सामाजिक बिकास र सबैको कुशलताका लागि प्रविधीको भूमिका र दिर्घकालिन बिकास लक्ष्य प्राप्तिका लागि सामाजिक बिकासको अवधारणा भन्नेतर्फ केन्द्रित छ । यसवर्ष कोरोना संक्रमणका कारणले धेरैजसो परिवारहरु घरको छतमुनी नै बसेका छन्, सबैका परिवारहरु बिकास र समृद्धितर्फ उन्मुख हुन्, सबैका परिवार सुरक्षित रहुन् । आजको विश्वका हरेक परिवारलाई समावेशीपना को आवश्यक्ता छ, समावेशी भएर हरेक वर्ग, धार, जात, धर्म या सोचका सदस्यलाई वृहत रुपमा स्वीकार गर्न सक्नु आजको परिवारको आवश्यक्ता पनि त हो । समावेशी परिवारका लागि पारिवारीक शिक्षा पनि अत्यन्त महत्वपूर्ण हुन्छ, आजका दिन संसारभरि विभिन्न रेडियो कार्यक्रम, गोष्ठी, टीभी कार्यक्रम, कार्यशाला, सास्कृतीक कार्यक्रम गर्दै परिवारको महत्व झल्काउने काम गरिन्छ ।

सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रुपमा संयूक्त राष्ट्रसँघको आब्हान अनुरुप मनाईन थालिएको हो ।

नेपालमा पनि क्रमशः वढ्दो आधुनीकता अनि विकासक्रम सँगै पारिवारीक मुल्य, मान्यता र अवधारणाहरु घट्दै गएका छन् र त्यसमाथी अहिले परिवारका मुल ब्यक्तिहरु जिविकोपार्जनकालागी विदेश जाने क्रम वढ्दा्े भएपछि परिवार र सामाजिक भावनामा नकारात्मक असर पर्न थालेको छ । यो विषम परिस्थितीमा पारिवारीक मुल्य, अपनत्व, सदभावना, एकता अनि समानता हामीसबैले बुझ्न जरुरी छ । परिवार, समाज अनि देशको स्वरुप हरेक यूगमा परिवर्तन हुँदै आएको छ। आफ्नो परिवारको सोच अनि आदर्शलाई फराकिलो पार्दे जिवन वाँच्नुको परिवेश ठूलो पार्न सकौँ । चाहिने कुरामा सबै सदस्यको मान रहोस्, अनावश्यक कुरामा परिवारभित्र कोहीसँग कोही नडराओस्, बैमनस्यता नहोस् अनि प्रजातन्त्र परिवार भित्रपनि कायम होस् । सबै बूवा, आमा, दाजुभाई, दिदिवहीनीमा शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 387

प्रतिक्रिया (०)