Aamsanchar

समुदायबाट झापामा अक्सिजन बैंक सुरु गर्ने औपचारिक घोषणा

Author Image
शनिवार, जेठ १, २०७८

चारपाने। झापामा अक्सिजन बैंक स्थापना गर्ने औपचारिक घोषणा गरिएको छ ।

झापाको सबै क्षेत्रमा नयाँ भेरियन्टको कोरोना संक्रमण दर बढ्दै गएपछि समुदाय स्तरबाट एकका लागि एक अभियानको अगुवाईमा अक्सिजन बैंक स्थापना गर्ने आज भर्चुअल पत्रकार सम्मेलनमार्फत अक्सिजन बैंक स्थापना गर्ने  घोषणा गरिएको हो ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक महेन्द्रकुमार गिरीले भने ‘ अक्सिजन बैंकका लागि ४ सय थान सिलिण्डर चाईनामा बुकिङ गरिसकेको छ, केही दिनमा सिलिण्डर ल्याईसकिने छ ’ दुर्घम क्षेत्रमा रहेका र अति विपन्न वर्गलाई सेवा दिने उदेश्यले सुरु गरेको अभियानमा अरुको ज्यान बचाउन अक्जिन दान गरिदिन दाताहरु समक्ष संयोजक गिरीले अपील पनि गरेका छन् ।

अक्सिजन बैंकका लागि शुक्रबारबाटै एक व्यक्ति एक अक्सिजन सहयोग अन्तरगत १० जना भन्दा धेरैले अक्सिजन दान गरिसकेका छन् । मानवसेवाका लागि अक्जिन दान गरेर पुण्य कार्यमा जुट्न अभियानले एक अक्सिजन खरिद वापत १५ हजार रकम तोकेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)