दाङ । सामुहिक चोरी मुद्धाका चार फरार प्रतिवादी पक्राउ परेका छन् ।
२०७६ बैशाख १३ गते देखि फरार रहेका दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ ढोडेनीका शान्ति सुनार, सन्तोषी नेपाली, चन्द्रकला सुनार र ज्योती दमाई पक्राउ परेका हुँन । उनिहरुलाई सोही स्थानबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका चारैजनालई आजै जिल्ला अदालत देउखुरी पुर्याइएको दाङ प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
सामुहिक चोरीमा संलग्न रहेको ठहर गर्दै अदालतले जनही ५ हजार जरिवाना र ७ महिना जेल सजाय तोकेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 169